४ दर्जन प्रवासी नेपाली विज्ञको अपिल, ‘भोट साझा पार्टीलाई गर्नुस्’

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...

काठमाडौं। नजिकिँदै गरेको आसन्न उप निर्वाचनमा साझा पार्टीलाई मतदान गर्न ४ दर्जनभन्दा बढी वैज्ञानिक तथा विज्ञहरुको समूहले सबै नेपाली मतदातालाई अपिल गरेको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै विदेशमा रहेका ४ दर्जनभन्दा बढी वैज्ञानिक तथा विज्ञहरुको समूहले उप निर्वाचनमा साझा पार्टीलाई मतदान गर्न अपिल गरेका हुन्।

‘नेपालमा वहुदलीय व्यवस्थाको तीस वर्ष व्यतित भई कयौं राजनीतिक परिवर्तन भईसक्दा पनि आर्थिक विकास र समृद्ध नेपालको सपना अधुरो नै रहँदै आएको छ। गत २०–३० वर्षमा हाम्रै अगाडि हामीभन्दा पछाडि रहेका कैयौं राष्ट्रहरु लोभलाग्दो किसिमले चमत्कारिक रुपमै विकसित भए। ती देशहरुको विकासको आधार शिक्षा, सक्षम र इमान्दार नेतृत्व र प्रविधिको विकास रहेको हामीले विदेशमा बसेर अनुभूति गर्यौं।’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

हालसम्म देशले सही बाटो लिन नसक्नुमा जनताले जिताएर पठाएका पार्टी र नेतृत्वले विकसित देशहरुबाट नसिक्नु, देशको माटो सुहाउँदो मौलिक शिक्षा, अनुसन्धान र प्रविधिको विकास गर्न नसक्नु, तथ्यगत आधारमा रहेर योजना बनाउन नसक्नु, विश्वविद्यालयलाई राजनीतिको थलो बनाउनु तथा सही ठाउँमा सहि व्यक्ति चयन गर्न नसक्नु रहेको उक्त समूहको ठहर छ।

“कास्की, भक्तपुर, दाङ र धरानमा सु–संस्कृत राजनीतिको माध्यमबाट समृद्ध नेपालको परिकल्पना गरेको साझा पार्टीले आफ्ना उम्मेदवारहरु उठाएको छ। राजनैतिक पार्टीका नेतृत्वहरुलाई नजिकबाट नियाल्दा साझा पार्टीको नेतृत्व समूहले आफूलाई आफ्नो पेशा र व्यवसायमा इमान्दार र अब्बल प्रमाणित गरेर अब राजनीतिको मुहान नै सफा गर्नुपर्ने देखेर सु–संस्कृत राजनीतिमा होमिएको हामी सबैलाई थाहा नै छ।” उक्त टोलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

योग्यता, क्षमता र सीपलाई आधार मानेर सही जिम्मेवारी तोक्नुपर्नेमा देशका हरेक निकायमा राजनीतिक कार्यकर्ता भर्ना गर्ने परिपाटीले जनतामा निराशा छाएको औंलाउँदै बिहीबार डा. भेषराज शर्मा, बिष्णु जोशी, डा.गणेश घिमिरे, डा. ज्ञानेन्द्र भट्टराई, डा.जय प्रकाश चालिसे, डा.मेदनी संग्रौला, डा.मिलन बिमली, डा. नमूना पाण्डे, डा.राकेश देशार, सम्झना कुँवर, डा. श्याम चौराशिया, डा.सुदर्शन अर्याल, डा.सुरेश शर्मा, डा. सुशील राज पौडेल, डा.राजेन्द्र पंगेनी, डा.दिवाकर सिग्देल, डा.राज श्रेष्ठ, डा.कमल पाण्डे, अर्जुन सुवेदी, डा यादव पौडेल, पुर्णिमा ज्ञवाली लगायतका समूहले उक्त अपिल गरेको हो।

नेपालमा आगामी १४ मंसिरमा तीनै तहका विभिन्न कारणले रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन हुँदै छ। प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन्।

प्रेस विज्ञप्ति

विदेशबाट नेपाली बिज्ञहरुको मतदातालाई अपिल

नेपालमा बहुदलीय ब्यवस्थाको तीस बर्ष ब्यतित भई कैयौँ राजनीतिक परिवर्तन भईसक्दा पनि आर्थिक बिकास र समृद्ध नेपालको सपना अधुरो नै रहदै आएको छ। गत २०-३० बर्षमा हाम्रै अगाडि हामी भन्दा पछाडि रहेका कैयौं राष्ट्रहरु लोभ लाग्दो किसिमले चमत्कारिक रुपमै बिकसित भए। उक्त देशहरुको बिकासको आधार शिक्षा, सक्षम र इमान्दार नेतृत्व र प्रबिधिको विकास रहेको हामीले बिदेशमा बसेर अनुभूति गर्यौं।

आजसम्म देशले सहि बाटो लिन नसक्नुमा हामीले जिताएर पठाएका पार्टी र नेतृत्वले बिकसित देशहरुबाट पटक्कै सिक्न नसक्नु, देशको माटो सुहाउँदो मौलिक शिक्षा, अनुसन्धान र प्रविधिको विकास गर्न नसक्नु, तथ्यगत आधारमा रहेर योजना बनाउन नसक्नु, विश्वबिद्धालयलाई राजनीतिको थलो बनाउनु, सहि ठाउँमा सहि व्यक्ति चयन गर्न नसक्नु नै हो।

यसको साथै आफ्नो योग्यता, क्षमता सिपलाई आधार मानेर सही जिम्मेवारी तोक्नुपर्नेमा देशका हरेक निकायमा राजनीतिक कार्यकर्ता भर्ना गर्ने परिपाटीले जनतामा निराशा छाएको हामीले देखेकै छौं, भोगेकै छौं।

यसै बिच मंसिर १४ मा उप निर्वाचन हुँदैछ। हामीले पुराना पार्टीहरुलाई बर्षौंदेखि मौका दिइरहेका छौं। अहिलेको उपनिर्वाचनको नतिजाले न त सरकार परिवर्तन नै हुन्छ, न त अहिलेको प्रतिपक्षका केहि उम्मेदवार बिजयी हुदैमा कुनै तात्विक फरक पर्छ।

कास्की, भक्तपुर, दाङ र धरानमा सु-संस्कृत राजनीतिको माध्यमबाट समृद्ध नेपालको परिकल्पना गरेको साझा पार्टीले आफ्ना उम्मेदवारहरु उठाएको छ। राजनैतिक पार्टीका नेतृत्वहरुलाई नजिकबाट नियाल्दा साझा पार्टीको नेतृत्व समूहले आफूलाई आफ्नो पेशा र व्यवसायमा इमान्दार र अब्बल प्रमाणित गरेर अब राजनीतिको मुहान नै सफा गर्नु पर्ने देखेर सु-संस्कृत राजनीतिमा होमिएको हामीलाई सबैलाइ थाहा नै छ।

त्यसैले हामी प्रवासमा रहेका बिभिन्न क्षेत्रका ज्ञान, अनुभव र सीप हासिल गरेका हामी जस्ता हजारौं, लाखौं नेपालीहरुलाई यथासक्य छिटो देश फर्केर आफ्नो क्षेत्रमा काम गर्ने वातावरणको सिर्जना गर्न, पुराना दलहरुबाट दिनानुदिन अझ विकृत हुदै गैरहेको राजनीतिमा आशाको संचार जगाउन र र पुराना दलहरुलाई सुध्रिन दवाव दिनका लागि पनि यसपटक कास्की, भक्तपुर, दाङ र धरानमा साझा पार्टीका उम्मेदवारहरुलाई तराजु चिन्हमा आफ्नो अमूल्य मत दिनुहुन यहाँहरु सबैलाई बिनम्र अनुरोध तथा हार्दिक अपील गर्दछौं।

धन्यवाद, डा.भेषराज शर्मा, बिष्णु जोशी, डा.गणेश घिमिरे, डा. ज्ञानेन्द्र भट्टराई, डा.जय प्रकाश चालिसे, डा.मेदनी संग्रौला, डा.मिलन बिमली, डा. नमूना पाण्डे, डा.राकेश देशार, सम्झना कुँवर, डा. श्याम चौरशिया, डा.सुदर्शन अर्याल, डा. सुरेश शर्मा, डा. सुशील राज पौडेल, डा. राजेन्द्र पंगेनी, डा.दिवाकर सिग्देल, डा राज श्रेष्ठ, डा कमल पाण्डे, अर्जुन सुबेदी, डा यादव पौडेल, पुर्णिमा ज्ञवाली लगायत हामी ४ दर्जन बैज्ञानिक तथा विज्ञहरु हरुको तर्फबाट

मिति: ६ मंसिर २०७६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्

भर्खरै प्रकाशित

डाक्टरले लिए ५ जनाको ज्यान

काठमाडौं।पश्चिम तराईका सीमावर्ती जिल्लाका सरकारी तथा निजी स्वास्थ्य सेवाको पहुँच छैन। त्यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन्। यी डाक्टरले...

गैरजिम्मेवार त्रिभुवन विश्वविद्यालयः विद्यार्थीको भविष्यमाथि यसरी गर्छ खेलवाड

काठमाडौं।त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ। त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको...

सिद्धबाबा थप सात दिन हिरासतमै

काठमाडौं।बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले शुक्रबार जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ। यसअघि प्रहरीले अदालतबाट ४...

गौरिकाले हात पारिन् स्वर्ण!

काठमाडौं।नेपाली पौडी खेलाडी गौरिका सिंहले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हात पारेकी छिन्। यो गौरिकाको दोश्रो स्वर्ण हो। उनले २ मिनेट १७.७३ सेकेण्डमा निर्धारित दुरी...

स्कूल हिँडेकी १० वर्षीया बालिका बलात्कृत

काठमाडौं।स्कूल हिँडेकी बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीमा सवारी चालक पक्राउ परेका छन्। १० वर्षीया बालिकालाई बिहीबार बलात्कार गरेको आरोपमा प्रहरीले रूरू क्षेत्र गाउँपालिका वडा नं...