लाखौं मूल्य बराबरको चामल गोदाममै कुहियो, सरकार मौन

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...

काठमाडौं।काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्य बराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ।

तर, सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीले नै यो घटनालाई सामान्य रूपमा लिनुले यसमा व्यापक अनियमितता भएको शंका उब्जिएको छ।

आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले चामल कुहिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। कम्पनीको अध्यक्षसमेत रहेका सचिव अर्यालले चामल कुहिएकोबारे आफूलाई केही जानकारी नभएको गैरजिम्मेवार जवाफ दिएर पन्छिन खोजेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था छ। नेपाल खाद्य संस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा परिवर्तन भएपछि मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था भएको हो।

तर, आफू अध्यक्ष भएको कम्पनीको गोदाममा ठूलो परिमाणको चामल कुहिएर सरकारलाई लाखौं रुपैयाँ घाटा हुँदासमेत यसप्रति सचिव अर्यालले कुनै चासो दिएका छैनन्। यो समाचार आजको राजधानी दैनिकमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्

भर्खरै प्रकाशित

डाक्टरले लिए ५ जनाको ज्यान

काठमाडौं।पश्चिम तराईका सीमावर्ती जिल्लाका सरकारी तथा निजी स्वास्थ्य सेवाको पहुँच छैन। त्यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन्। यी डाक्टरले...

गैरजिम्मेवार त्रिभुवन विश्वविद्यालयः विद्यार्थीको भविष्यमाथि यसरी गर्छ खेलवाड

काठमाडौं।त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ। त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको...

सिद्धबाबा थप सात दिन हिरासतमै

काठमाडौं।बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले शुक्रबार जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ। यसअघि प्रहरीले अदालतबाट ४...

गौरिकाले हात पारिन् स्वर्ण!

काठमाडौं।नेपाली पौडी खेलाडी गौरिका सिंहले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हात पारेकी छिन्। यो गौरिकाको दोश्रो स्वर्ण हो। उनले २ मिनेट १७.७३ सेकेण्डमा निर्धारित दुरी...

स्कूल हिँडेकी १० वर्षीया बालिका बलात्कृत

काठमाडौं।स्कूल हिँडेकी बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीमा सवारी चालक पक्राउ परेका छन्। १० वर्षीया बालिकालाई बिहीबार बलात्कार गरेको आरोपमा प्रहरीले रूरू क्षेत्र गाउँपालिका वडा नं...