तपाईको यो साताको राशिफलः कार्तिक १६ देखि २२ गतेसम्म

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा दुविधा उत्पन्न हुनेछ । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कर्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभकार्यको चर्चा चल्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ कार्यको अवसर मिल्नेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग वैजनी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमणीय र सुखद् यात्राको योग छ । घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ महिला मित्र बाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आमदानीका स्रोत बढ्ने छन् । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो सातामा कार्य सम्पादनमा सहजता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग सिन्दुरे वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको सुरुका दिनमा दबाब र तनाव बढेको महसुस हुने र केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला । आँटेको र ताकेको कार्य पुरा होला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग गुलाबी वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शन गरे सफलता मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नसोचेको ठाउँबाट धनागम हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योगछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग आकासे गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग नीलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व महाकालीको आरधनागरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता आफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । सोमवारबाट प्रेम प्रस्तावपनि आउन सक्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । घरमा अतिथीको आगमन हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सवारी साधनको खरिद बिक्री हुने योग छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कलकारखाना र बन्दव्यापारमापनि फाइदा हुनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको ध्यानगरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्

भर्खरै प्रकाशित

‘किरात राई संग्रहालय’लाई २३ लाख बढी सहयोग प्राप्त(विवरण सहित)

काठमाडौं।किरात राई जातिको कला, संस्कृति, सभ्यता, इतिहास, भेषभूषा तथा गरगहनाजस्ता सामग्रीको संरक्षण गर्ने उद्देश्यले खोटाङको रिब्दुङमा विगत ३ वर्षदेखि...

४ दर्जन प्रवासी नेपाली विज्ञको अपिल, ‘भोट साझा पार्टीलाई गर्नुस्’

काठमाडौं। नजिकिँदै गरेको आसन्न उप निर्वाचनमा साझा पार्टीलाई मतदान गर्न ४ दर्जनभन्दा बढी वैज्ञानिक तथा विज्ञहरुको समूहले सबै नेपाली मतदातालाई अपिल गरेको छ। शुक्रबार विज्ञप्ति...

थुनामा राख्ने आदेशविरुद्ध महराद्वारा उच्च अदालतमा निवेदन दर्ता

काठमाडौं।पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन्। महराका कानुन व्यसायी...

लाखौं मूल्य बराबरको चामल गोदाममै कुहियो, सरकार मौन

काठमाडौं।काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्य बराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ। तर, सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्मेवार...

यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णयहरु

काठमाडौं।मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका...