चोरिएको अन्डरवेयरले डोर्‍यायो बग्दादीलाई मृत्युको मुखमा

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...

काठमाडौं।अमेरिकी सैन्य कारबाहीमा मारिएका इस्लामिक स्टेट (आइएसआई)का नेता अबु बकर अल बग्दादीले आफ्नो तल्लो भागको भित्री वस्त्र अर्थात् कट्टु (अन्डरवेयर)सुरक्षित गर्न नसक्दा मारिएको पुष्टि भएको छ।

कुर्दहरूको नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ)ले बग्दादीको अन्डरवेयर आफूहरूले चोरेको बताएसँगै उनी मारिने मूल कारणको पनि खुलासा भएको हो।

डीएनए परीक्षण गर्दा मारिने व्यक्ति बग्दादी नै हो भन्ने कुरा पुष्टि गर्न अन्डरवेयर चोर्नु परेको एसडीएफका एक वरिष्ठ कमान्डर पोलाट क्यानले बताए।

अमेरिकी कारबाहीअघि इस्लामिक स्टेटका प्रमुख बग्दादी लुकेको ठाउँ पत्ता लगाउन आफूहरूको सूत्रको प्रमुख भूमिका रहेको दावी उनको छ।

ती कमाण्डरले यस्तो दावी गरे पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने कुर्दको सहयोगलाई खासै महत्व दिएका थिएनन्।
ट्रम्पले अमेरिकी सेनाको कारबाहीको समयमा बग्दादीले आफैलाई बमले उडाएको जानकारी दिँदै त्यसमा कुकरको भूमिका महत्वपूर्ण रहेको बताए थिए। ट्रम्पले कुर्दहरूको जानकारीले सहयोग गरे पनि सैन्य कारबाहीमा उनीहरूको कुनै भूमिका नरहेको बताएका थिए।

एसडीएफ नेता पोलाटले गरेको ट्वीटमा, ‘मेरो स्रोतले बग्दादीको अन्डरवेयर पत्ता लगाए ताकि डीएनए परीक्षण गरेर मर्ने मानिस बग्दादी नै हो भन्ने पुष्टि गर्न सकियोस्’ लेखेका छन्।

पोलाटले, ‘बग्दादीका विषयमा अनि ऊ लुकेको ठाउँका बारेमा हामीले महत्त्वपूर्ण सूचना दिएका थियौं। हाम्रो गोप्य सूत्र अपरेसन सकिएसम्म अमेरिकी बलहरूसँगै थिए। एसडीएफ मे १५ देखि बग्दादीका विषयमा सीआईएसँग काम गरिरहेको थियो। बग्दादी सिरियाको इदलिब प्रान्तमा लुकेको हामीले नै पत्ता लगाएका हौं।’

इस्लामिक स्टेटविरुद्धको लडाइँमा एसडीएफ अमेरिकाको मुख्य सहयोगी भए पनि यसै महिना उत्तरी सिरियाबाट आफ्नो सैनिक फिर्ता बोलाएर अमेरिकाले कुर्दहरूमाथि टर्कीको आक्रमणको बाटो खोलेको थियो।

अमेरिकाले सिरियामा रहेका आफ्ना सहयोगी र अन्य देशलाई समेत बग्दादीमाथिको आक्रमणको सूचना दिएको थियो। अमेरिकाले टर्की, इराक, उत्तरी सिरियामा रहेका कुर्दिश बल र रुसलाई बग्दादीमाथिको कारबाहीको सूचना दिएको हो। इदलिबको हवाई क्षेत्रमा यिनीहरूकै नियन्त्रण छ।

बग्दादीको शवका केही टुक्रालाई प्राविधिकहरूले हेलिकप्टरमा हालेर लगेको पनि बीबीसीले जनाएको छ। बग्दादीको शव भने बिन लादेनको जस्तै समुद्रमा फालिएको बताइएको छ।

फाइल तस्वीर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्

भर्खरै प्रकाशित

‘किरात राई संग्रहालय’लाई २३ लाख बढी सहयोग प्राप्त(विवरण सहित)

काठमाडौं।किरात राई जातिको कला, संस्कृति, सभ्यता, इतिहास, भेषभूषा तथा गरगहनाजस्ता सामग्रीको संरक्षण गर्ने उद्देश्यले खोटाङको रिब्दुङमा विगत ३ वर्षदेखि...

४ दर्जन प्रवासी नेपाली विज्ञको अपिल, ‘भोट साझा पार्टीलाई गर्नुस्’

काठमाडौं। नजिकिँदै गरेको आसन्न उप निर्वाचनमा साझा पार्टीलाई मतदान गर्न ४ दर्जनभन्दा बढी वैज्ञानिक तथा विज्ञहरुको समूहले सबै नेपाली मतदातालाई अपिल गरेको छ। शुक्रबार विज्ञप्ति...

थुनामा राख्ने आदेशविरुद्ध महराद्वारा उच्च अदालतमा निवेदन दर्ता

काठमाडौं।पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन्। महराका कानुन व्यसायी...

लाखौं मूल्य बराबरको चामल गोदाममै कुहियो, सरकार मौन

काठमाडौं।काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्य बराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ। तर, सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्मेवार...

यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णयहरु

काठमाडौं।मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका...