सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

पढ्नै पर्ने

‘धत्तेरी! सांसद भन्न पनि लाजमर्दो भो!, एउटा बिराउने शाखा पिराउने’

काठमाडौं।पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफूलाई सांसद भन्न पनि लाजमर्दो भएको बताएका छन्। उनले आईतबार नयाँ पत्रिकामा...

चिनियाँ अभिनेत्री छिङ बनिन् नेपाल भ्रमण वर्षको सद्भावना दूत

काठमाडौं।चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना...

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ बेपत्ता

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता...

काठमाडौं।रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ।

घटनामा कम्तीमा १३ जना पुरिएर बेपत्ता भएका रुसी अधिकारीहरुले बताएका छन्। गैरकानूनी रूपमा सुन निकाल्न साइबा नदीमा बनाइएको गैरकानूनी बाँध भत्किँदा क्रास्नोभास्र्कस्थित खानीमा काम गर्ने श्रमिकको मृत्यु भएको बताइएको छ।

खानीमा काम गर्ने श्रमिक सुतिरहेको समय बाँध फुटेर आएको हिलोसहितको पानीले उनीहरूलाई बगाएको रूसी सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। घटनापछि करिब ३०० उद्धारकर्मी र छ हेलिकप्टर खानीमा पुगेका र बेपत्ताहरुको खोजी भइरहेको रूसी विपद् व्यवस्थापन मामिला हेर्ने मन्त्रालयले जानकारी गराएको छ।

तर घटनास्थल निकै दूरदराजमा रहेकोले उद्धार प्रयास निकै कठिन भएको अधिकारीहरूले बताए। उक्त घटनामा परी घाइते बनेका १४ जनालाई अस्पताल पठाइएको र तीमध्ये दुईजनाको अवस्था निकै गम्भीर रहेको बताइएको छ।

रूसका हिमाली तथा पहाडी क्षेत्रमा गैरकानूनी रूपमा सञ्चालनमा रहेका खानीहरूमा आवश्यक सुरक्षामा ध्यान नपुर्‍याइँदा बर्षेनी सयौँ श्रमिकको अकालमा ज्यान जाने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हाम्रो युट्यूब च्यानल सब्सक्राईब गर्नुहोस्

भर्खरै प्रकाशित

डाक्टरले लिए ५ जनाको ज्यान

काठमाडौं।पश्चिम तराईका सीमावर्ती जिल्लाका सरकारी तथा निजी स्वास्थ्य सेवाको पहुँच छैन। त्यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन्। यी डाक्टरले...

गैरजिम्मेवार त्रिभुवन विश्वविद्यालयः विद्यार्थीको भविष्यमाथि यसरी गर्छ खेलवाड

काठमाडौं।त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ। त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको...

सिद्धबाबा थप सात दिन हिरासतमै

काठमाडौं।बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले शुक्रबार जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ। यसअघि प्रहरीले अदालतबाट ४...

गौरिकाले हात पारिन् स्वर्ण!

काठमाडौं।नेपाली पौडी खेलाडी गौरिका सिंहले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हात पारेकी छिन्। यो गौरिकाको दोश्रो स्वर्ण हो। उनले २ मिनेट १७.७३ सेकेण्डमा निर्धारित दुरी...

स्कूल हिँडेकी १० वर्षीया बालिका बलात्कृत

काठमाडौं।स्कूल हिँडेकी बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीमा सवारी चालक पक्राउ परेका छन्। १० वर्षीया बालिकालाई बिहीबार बलात्कार गरेको आरोपमा प्रहरीले रूरू क्षेत्र गाउँपालिका वडा नं...